आज :

ताजा समाचार

नेपाली काँग्रेसको पौडेल समूहले साझा सभापतिको उम्मेदवार खोज्ने

  पुरुषोत्तम ढकाल    १७ भाद्र २०७८, बिहीबार १८:५८      93 Views

भक्तपुर: नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने प्रतिबद्धता जनाएको छ ।

वडा अधिवेशनको अघिल्लो दिन सभापतिका आकांक्षीहरुले संयुक्त पत्रकार सम्मेलन गरी सभापतिमा एउटै उम्मेदवार अघि सार्ने बताएका हुन्।

यो समूहमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिको आकांक्षी छन् ।

पछिल्ला दिनहरुमा लगातार छलफल भएपनि सहमति जुट्न नसकेपछि नेताहरुले सभापतिमा एउटै उम्मेदवार दिने प्रतिवद्धता जनाएका हुन् ।

कसलाई के जिम्मेवारी दिँदा ठीक हुन्छ भनेर आफूहरुबीच छलफल भइरहेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो ।

छिट्टै उम्मेदवार तय गर्ने भन्दे उहाँले पार्टीका लागि साझा उम्मेदवार खोज्ने बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस