आज :

ताजा समाचार

नेपालले आज भारतसँग मैत्रीपूर्ण फुटबल खेल्दै, साँझ साँढे ५ बजे रंगशालामा खेल सुरु हुने

  पुरुषोत्तम ढकाल    १७ भाद्र २०७८, बिहीबार ०७:३७      100 Views

भक्तपुर:  नेपालले आज भारतसाग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

यो खेल साँझ साँढे ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

एन्फाले यो खेलमा रंगशालको झण्डै एक तिहाई क्षमता अर्थात ५ हजार १ सय दर्शकलाई रंगशालामै उपस्थित भएर खेल हेर्न दिने भएको छ ।

तर, खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्नेछ ।

नेपालले भारतसँग दुईवटा मैत्रिपूर्ण खेल खेल खेल्न लागेको हो ।

दोस्रो खेल आगामि आइतवार हुनेछ । असोजमा माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।


प्रतिक्रिया दिनुहोस