आज :

ताजा समाचार

तेह्रथुम पावरको आईपीओमा २३ लाख ५७ हजारको आवेदन

  पुरुषोत्तम ढकाल    १३ भाद्र २०७८, आईतवार २०:०३      588 Views

भक्तपुर: तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ)का लागि २३ लाख ५७ हजार भन्दा धेरै जनाले आवेदन दिएका छन् ।

कम्पनीले भदौ ९ देखि १३ गते (आज) सम्मका लागि आईपीओमा आवेदन दिने मिति तोकेको थियो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस