आज :

ताजा समाचार

चिया खेति सम्बन्धि सम्पूर्ण जानकारी (भिडियो सहित) हेर्नुहोस

  पुरुषोत्तम ढकाल    ५ भाद्र २०७८, शनिबार २१:२९      116 Views

काठमाडौँ: नेपालमा विशेषत गरि ३ प्रजातिको चिया खेती गरिन्छ । आसामी (Camelia asamica ) र कम्बोडियाली (Camelia asamica spp lasiocalyx) प्रजातिको चिया सिटिसी चिया उत्पादनको लागि प्रयोग हुन्छ भने चिनिया प्रजातिको चिया (Camellia sinesis) मुख्यतया अर्थोडक्स चियाको उत्पादनमा प्रयोग हुन्छ ।

चिया पारखीहरूका अनुसार नेपाली अर्थोडक्स चियाको गुण, बास्ना तथा स्वाद करिव करिव विश्वप्रसिद्ध दार्जिलिङ चियाकै जस्तो छ ।

दार्जिलिङकै आसपासमा रहेको इलामको हावापानी र भूबनोट पनि दार्जिलिङकै जस्तो भएकाले यस्तो समानता देखिएको जानकारहरू बताउँछन् ।कतिपय चिया पारखीहरू त नेपालको जैविक विविधता तथा विशिष्ट भूबनोटले गर्दा खासखालको चिया दार्जिलिङको भन्दा पनि उत्कृष्ठ रहेको विश्वास गर्छन् ।

त्यस्तै, नेपाली सिटिसी चिया पनि कडकपन, चमकपन र तिक्खरताका लागि प्रसिद्ध छ । त्यसैले नेपाली चिया वास्तवमै प्रकृतिको अनुपम उत्पादन हो ।

नेपालमा चिया खेती चिसो तथा गर्मी हावापानी भएका दुबै क्षेत्रमा गर्न सकिन्छ तर ती क्षेत्रहरुमा लगाउने जातहरु भने अलग अलगै छन्। पहाडमा ११०० मिटर देखि २१०० मिटरसम्मको पहाडी भू-भागमा चिनिया जातका चिया खेती गर्न सकिन्छ भने आसामिज जातका चिया खेती तराई तथा बेंसी क्षेत्रको १०० देखि ५०० मिटरसम्मको उचाईमा गर्न सकिन्छ।

चिया खेति गर्ने तरिका भिडियो सहित हेर्नुहोस:


प्रतिक्रिया दिनुहोस