आज :

ताजा समाचार

काभ्रेको मण्डनदेउपुर नगरपालिका अन्तर्गत वडा नं १०, ११ र १२ मा पाडी बितिरण कार्य सम्पन्न

  पुरुषोत्तम ढकाल    ३ भाद्र २०७८, बिहीबार २०:५२      850 Views

काभ्रे: काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका अन्तर्गत वडा नं १०, ११ र १२ मा पाडी बितिरण कार्य सम्पन्न भएको छ  । मण्डनदेउपुर नगरपालिका र कृषकहरुको लागत साझेदरिमा आज नगरपालिकाको वडा नं १०, ११ र १२ मा पाडी बितिरणकार्य सम्पन्न भएको हो ।

नगरपालिकाले आज नगरका वडा नम्बर १० मा १७ , वडा नम्बर ११ मा १८ र वडा नम्बर १२ मा १४ वटा गरि जम्मा ४९ वटा पाडी बितिरण गरेको नगरपालिकाका पशु शाखा प्रमुख धुर्व प्रसाद पराजुलीले खुल्ला पोष्ट लाई जानकारी दिनुभयो ।

आजदेखि नगरपालिका भित्र पहिलो चरणको २०५ ओटा पाडी बितरण गर्ने कार्य सम्पन्न भएको उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस