आज :

ताजा समाचार

मण्डनदेउपुर नगरपालिकाद्वारा आज वडा नं ५ र ६ मा पाडि बितरण कार्यक्रम सम्पन्न

  पुरुषोत्तम ढकाल    ३१ श्रावण २०७८, आईतवार २२:०८      281 Views

काभ्रे: मण्डनदेउपुर नगरपालिकाद्वारा आज वडा नं ५ र ६ मा पाडि बितरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको  वडा नं ५ मा १८  वटा र वडा नं ६ मा २० वटा पाडी वितरण गरिएको पशु शाखा प्रमुख धुर्व प्रसाद पराजुलीले खुल्ला पोष्ट लाई जानकारी दिनुभयो ।

नगरपालिकाले यस अघि वडा नं १ मा २० वटा, वडा नं २ मा १८, वडा नं ३ मा १३, वडा नं ४ मा १७, वडा नं ७ मा १५ , वडा नं ८ मा १७ र वडा नं ९ मा १८ वटा पाडी वितरण गरेको  वडा न १ र २ का पशु सेवा प्राबिधिक चुडामणि ढकालले खुल्ला पोष्टलाई बताउनुभयो ।

कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष डिल्लि प्रसाद आचार्यको अध्यक्षता रहेको  थियो  भने  नगरप्रमुख टोक वहादुर वाइवाको प्रमुख आथित्यता तथा नगरका प्रमूख प्रशासकिय अधिकृत प्रणराज न्यौपानेको विशेष आथित्यतामा र ५ नं वडाका अध्यक्ष नेत्र प्रसाद ढकालको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम संचालन मण्डनदेउपुरका पशु शाखा प्रमुख धुर्व प्रसाद पराजुलीले गर्नु भएको थियो । आजको कार्यक्रममा मण्डनदेउपुर नगरपालिकामा कार्यरत पशु स्वास्थ कर्मि शर्मिला गौतम, पुर्ण बहादुर तामाङ, दुर्गा प्रसाद दुलाल, योगेश लम्साल, मदन सापकोटा, डिल लाल श्रेष्ठ, दिनेश ढकाल, वडा न १ र २ का पशु सेवा प्राबिधिक चुडामणि ढकाल लगाएत अन्य जिम्मेवार ब्यक्तित्व तथा किसानको उपस्थिति रहेको थियो ।

नगरका बाकि वडा १०, ११ र १२ मा पनि यो कार्यक्रम छिट्टै सम्पन्न हुने पशु शाखा प्रमुख धुर्व प्रसाद पराजुलीले खुल्ला पोष्ट लाई जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस