आज :

ताजा समाचार

तालिवानले धम्की दिएपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडे

  पुरुषोत्तम ढकाल    ३१ श्रावण २०७८, आईतवार २०:१३      128 Views

काठमाडौं: अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।

विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् । पछिल्लो १० दिनमा अफगानिस्तानका धेरै शहरमाथि विद्रोही संगठन तालिवानले आफ्नो नियन्त्रणमा लिएको छ ।

उता अफगानिस्तानको वि’द्रोही सं’गठन ता’लिबानले आफ्नो मुलुक फर्किन चाहने विदेशीलाई फर्किन दिने बताएको छ ।


प्रतिक्रिया दिनुहोस