आज :

ताजा समाचार

तालिबान लडाकु अफगानिस्तानको राजधानी काबुल छिरे, शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने तयारी

  पुरुषोत्तम ढकाल    ३१ श्रावण २०७८, आईतवार १९:०८      162 Views

एजेन्सी: अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुललाई चारैतिरबाट घेराबन्दी गरेका छन् ।

राजधानीको सबैतिरबाट छिरे पनि तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्किन दिने बताएको छ ।

यसैबीच अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले सङ्क्रमणकालीन सरकारको लागि शान्तिपूर्ण रूपमा तालिबानलाई सत्ता हस्तान्तरण हुने बताएका छन् ।

तालिबानले आफ्ना लडाकुलाई काबुलको गेटमा रोकेको वक्तव्य जारी गरेसँगै गृहमन्त्री मिर्जाक्जवालले यस्तो बताएका हुन्।


प्रतिक्रिया दिनुहोस