आज :

ताजा समाचार

अङ्गुर खेती गरेर यसरि गर्नुहोस करोडौं आम्दानी (भिडियो सहित) हेर्नुहोस

  पुरुषोत्तम ढकाल    २२ श्रावण २०७८, शुक्रबार २१:५३      825 Views

भक्तपुर: नेपालमा अङ्गुर खेतीको सम्भावना निकै राम्रो छ । मुलुकमा ठूलो मात्रामा अङ्गुर भारत र चीनलगयत देशबाट आयात गरिन्छ । जसले नेपालको करोडौं रकम बाहिरिएको छ । विश्वमा ६० भन्दा बढि अङ्गुरका प्रजाति भएको पाइन्छ । त्यसमध्ये नेपालमा चारवटा जातका अङ्गुर उत्पादन गर्न सकिने विज्ञहरु बताउँछन्।

हरियो अङ्गुर, स्टुभिन, क्यामवेन, अर्लि जातको अङ्गुरको लागि नेपालको हावापानी उपयुक्त रहेको बताइन्छ ।  नेपालमा समुन्द्र सतहदेखि १५ सय मिटरको उचाइसम्म अङ्गुर खेती राम्रोसँग गर्न सकिन्छ । अङ्गुर खेती जात अनुसार विभिन्न क्षेत्रमा गर्न सकिन्छ। तर यसले तुसारो र सुख्खा सहन सक्दैन।

प्रदेश नम्बर ३ का प्राय सबै जिल्लामा अङ्गुर खेतीको लागि उपयुक्त मानिन्छ । पछिल्लो समय डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले अङ्गुरमा आत्मनिर्भर बन्ने योजना  बनाएको छ । ९५ प्रतिशत अङ्गुर आयात  गरिरहेको मुलुक नेपालमा आधुनिक प्रणालीबाट खेती गर्न सके ठूलो रकम जोगिने छ।

अङ्गुरले विरुवा रोपेको तेस्रो वर्षदेखि उत्पादन दिन्छ । यसलाई काँटछाँट गर्न जानियो भने प्रति हेक्टर १० मेट्रिक टनसम्म उत्पादन लिन सकिन्छ । अङ्गुर रोप्ने उपयुक्त महिना पुस हो । अङ्गुर खेती गर्न चाहने किसानले जिल्ला कृषि विकास कार्यालय, कृषि ज्ञान केन्द्र, राष्ट्रिय फलफूल विकास केन्द्र लगायत कार्यालयमा सम्पर्क गर्न सक्नुहुने छ ।

अङ्गुर खेति गर्ने तरिका भिडियो सहित हेर्नुहोस:

https://www.youtube.com/watch?v=Y7hMBB7A6rM


प्रतिक्रिया दिनुहोस