आज :

ताजा समाचार

महिला हराएको सुचना, देख्नु भएमा सम्पर्क गराइदिन छोराको अपिल ।

  रामप्रसाद ढकाल    २० श्रावण २०७८, बुधबार २१:५४      3487 Views

भक्तपुर: स्थाई घर रसुवा भै बिगत १५ बर्ष देखी भक्तपुर जिल्ला मध्यपुर ठिमी न.पा. २ गठाघरमा डेरा गरि छोरा बुहारी र श्रीमानसंग सयुक्त रुपमा बस्दै आएकी एक ५६ बर्षीय महिला साउन १९ गते बिहान अन्दाजी ६:३० बजे देखि सम्पर्क बिहिन भएकी छिन ।
ढल कुमारी न्यौपाने नाम गरेकी उक्त महिला सामान्य अवस्था मै रहेको छोरा भवानी प्रसाद न्यौपानेले जानकारी गराएका छन् । हाल सम्म खोजतलास गर्दा कुनै जानकारी छैन उनले भने आमाको खोजतलास गरिपाउ भनि जिल्ला प्रहरी कार्यालय भक्तपुर र काभ्रेलाई पनि जानकारी गराइसकेको र हाल सम्म कुनै जानकारी नआएको छोरा भावनी प्रसादले खुल्ला पोष्टलाइ जानकारी गराए । आमाको खोजतलास गरिदिन र कोहि कसैले देखेमा प्रहरीलाई वा ९८४१७३८५४९ मा खबर गरि सहयोग गरिदिनको लागि छोरा न्यौपानेले सबैमा अनुरोध गरेका छन ।


प्रतिक्रिया दिनुहोस