आज :

ताजा समाचार

ग्रेस एफ.एमबाट चोरी भएको ल्यापटप भेटियो, प्रहरी निरीक्षक फुँयालद्वारा स्टेशन म्यानेजर लाई प्रदान

  पुरुषोत्तम ढकाल    १० श्रावण २०७८, आईतवार २०:५६      269 Views

भक्तपुर: भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं ४ अरनिको राजमार्ग अन्तर्गत भुलान्चामा रहेको ग्रेस एफ.एम १०७.६ मेगाहर्जको कार्यालयबाट चोरी भएको ल्यापटप भेटिएको छ ।

गएको असार १५ गते राति अन्दाजी १२ बजे पछिको समयमा रेडियोको कार्यालयमा चोर प्रवेश गरि ल्यापटपल चोरेको थियो । विहान ५ बजे रेडियो खोल्ने समयमा प्राविधिक रामहरी चौलागाईले चोरी भएको घटना थाहा पाउने बितिकै स्टेसन म्यानेजर केशव प्रसाद लुइँटेललाई खबर गरेका थिए ।

स्टेसन म्यानेजरले घटनाको वास्तविकता बुझ्नको लागि प्रहरी वृत जगातीमा खबर गर्नासाथ महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरी निरीक्षक बिष्णुहरी फुँयालको कमान्डमा खटिएको टोलिले उक्त घटनाको अनुसन्धान गरेको थियो ।

धेरै लामो अनुसन्धान पछि करिब १५ दिनमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरी निरीक्षक बिष्णुहरी फुँयालको कमान्डमा खटिएको टोलिले चोर पक्राउ गर्न सफल भयो ।

अनुसन्धानको सबै प्रक्रिया पुरा गरिसकेपछि आज स्टेसन म्यानेजर केशव प्रसाद लुइँटेललाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरी निरीक्षक बिष्णुहरी फुँयालले ल्यापटप प्रदान गर्नु भएको छ ।

ल्यापटप खोजि गर्न सहयोग गर्नुहुने सबै प्रहरी साथीहरुलाई स्टेसन म्यानेजर केशव प्रसाद लुइँटेलले धन्यवाद व्यक्त गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस