आज :

ताजा समाचार

ग्रेस एफएमको १३ औँ वार्षिक उत्सव कार्यक्रम सम्पन्न, प्रहरी निरीक्षक र नायव उपरीक्षक सम्मानित

  पुरुषोत्तम ढकाल    ८ श्रावण २०७८, शुक्रबार २२:३५      234 Views
भक्तपुर: “समता, सृजना र शान्ति रेडियोको समावेशी आवाज“ भन्ने नाराका साथ भक्तपुरको सूर्यविनायकबाट सञ्चालन भइरहेको ग्रेस एफएम १०७.६ मेगाहर्जले आज आफ्नो स्थापनाकालको  १३ औँ  वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
ग्रेस एफ एम १०७.६ मेगाहर्जले हरेक दिन विहान ५.०० देखि राति ११ः०० बजेसम्म समाजको पहरेदारको कार्य गर्दै आईरहेको स्टेशन म्यानेजर केशव लुइँटेलले बताउनुभयो ।
भक्तपुर जिल्लाको सूर्यविनायक स्थित ग्रेस एफएमले प्रत्येक घण्टा समाचारको साथमा दैनिक १८ घण्टा सुचनामुलक, मनोरन्जनामक, खोजमुलक कार्यक्रम प्रसारण गर्दै आएको छ ।

आज आयोजित कार्यक्रममा प्रमुख अतिथी नेपाल पत्रकार महासघ भक्तपुर शाखाका अध्यक्ष जगत प्रजापतिले शुभकामना व्यक्त गर्दै नेपाल  पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले पत्रकारहरुका हरेक समस्यामा साथ दिने बताउनुभयो ।

त्यस्तै आजको कार्यक्रमका विशेष अतिथी महानगरीय प्रहरी वृत जगाती भक्तपुरका प्रहरी निरीक्षक विष्णुहरि फुयाँल र प्रहरी नायव उपरीक्षेक राजेश थापालाई उहाँहरुले भक्तपुर जिल्लामा शान्ति सुरक्षाका लागि मन, वचन र कर्मले समर्पित रहि जनताको सुरक्षयामा अहोरात्र खटेर पुर्याउनु भएको सेवाको कदर गर्दै स्टेशन म्यानेजर केशव लुइँटेलले सम्मान स्वरुप  रेडियोको तर्फबाट प्रशंसा पत्र समेत प्रदान गर्नुभयो ।
गएको असार १५ गते ग्रेस एफएमको कार्यालयमा चोरी भएको घटनामा संग्लन चोरहरुलाई महानगरीय प्रहरी वृत जगाती भक्तपुरका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलको कमान्डमा खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको थियो ।

त्यस्तै कार्यक्रमका विशेष अतिथी महानगरीय प्रहरी वृत जगाती भक्तपुरका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले शुभकामना व्यक्त गर्दै ग्रेस एफएम १०७.६ मेगाहर्जले बिगतका दिनमा रेडियो उद्घघोषण तालिममा सहभागी भएका कार्यक्रम प्रस्तोताहरुलाई उहाँको हातबाट  प्रमाण पत्र समेत प्रदान गर्नुभयो।

आजको कार्यक्रममा एक सन्देश जारी गर्दै स्टेशन म्यानेजर लुइँटेलले रेडियो आजको अवस्थासम्म आउन आफ्नो महत्वपूणर् भूमिका खेल्नुहुने सबैमा धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस