आज :

ताजा समाचार

काभ्रेको मण्डनदेउपुर नगरपालिका अन्तर्गत कुन्तामा विद्युत प्राधिकरणको सेवा बिस्तार

  रामप्रसाद ढकाल    ८ श्रावण २०७८, शुक्रबार २२:५५      730 Views

काभ्रे, मण्डनदेउपुर: नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रले आज एक कार्यक्रमका बिच मण्डनदेउपुर नगरपालिका अन्तर्गत कुन्तामा आफ्नो हिगुवापाटी नो-लाइट तथा काउन्टर सेवा बिस्तार गरेको छ । यो सेवा बिस्तार भएसंगै अब नगरकोटदेखी बत्तिको महसुल तिर्न पाँचखाल सम्म आउन पर्ने बाद्यता अन्त्य भएको छ ।
नेपाल बिद्धुत प्राधिकरण पाँचखाल वितरण शाखाका प्रमुख मेघनाथ ढकालले सेवाग्राहीलाई चुस्त दुरुस्त सेवा दिनको लागि आफू सधै तयार रहेको र त्येही अनुसार सेवाग्राहिले पनि समयमै बिल भुक्तानी गर्ने र जरिवानाबाट बचि, समयमै भुक्तानी गरि प्रबिधिको सहि सदुपयोग गर्न सुझाव दिनु भयो ।
त्यस्तै पाँचखाल वितरणका इन्जिनियर दिपक लामिछानेले बिद्युतबाट हुने दुर्घटना लाई न्यूनीकरण गर्न र समस्या देखा परेमा बेलैमा जान्कारी गराइदिन अनुरोध गर्दै यसको सहि सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख टोक बहादुर वाइबाले आफ्नो नगरमा काउन्टर स्थापना गरि जनतालाइ राहत भएको भन्दै बितरण केन्द्रका प्रमुखलाई बधाई दिदै सेवाग्राहिले समयमै महसुल तिर्न र सबै नगरबासिले अनिवार्य रुपमा मिटर जडान गर्न निर्देशन दिनुभयो । उक्त सेवा बिस्तारमा वडा अध्यक्ष नेत्र प्रसाद ढकाल,लक्ष्मण बस्ताकोटी लगाएतको पहल र नगरपालिकाको बिशेष समन्वय रहेको थियो ।
त्यस्तै उद्घाटनका दिनमै सेवाग्राही नवदुर्गा चामल चिउरा मिलले रु. १,८०० महसुल बुझाइ पहिलो महसुल भुक्तानी गरि सुरुवात गरेका थिए । सुरुकै दिन ४२,४५० महसुल उठेको कार्यालयका प्रमुखले खुल्ला पोस्टलाई जानकारी दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस