आज :

ताजा समाचार

ग्रेस एफएम १०७.६ मेगाहर्ज स्थापनाकालको १२ वर्ष पूरा गरि १३ वर्षमा प्रवेश

  पुरुषोत्तम ढकाल    ८ श्रावण २०७८, शुक्रबार १०:११      212 Views

भक्तपुर: “समता, सृजना र शान्ति रेडियोको समावेशी आवाज“ भन्ने नाराका साथ भक्तपुरमा सञ्चालनमा रहेको ग्रेस एफएम १०७.६ मेगाहर्जले आज आफ्नो स्थापनाकालको १२ वर्ष पूरा गरेको छ ।

ग्रेस एफ एम १०७.६ मेगाहर्जले हरेक दिन विहान ५.०० देखि राति ११ः०० बजेसम्म समाजको पहरेदारको कार्य गर्दै आईरहेको स्टेशन म्यानेजर केशव लुइँटेलले बताउनुभयो ।

भक्तपुर जिल्लाको सूर्यविनायक स्थित ग्रेस एफएमले प्रत्येक घण्टा समाचारको साथमा दैनिक १८ घण्टा सुचनामुलक, मनोरन्जनामक, खोजमुलक कार्यक्रम प्रसारण गर्दै आएको छ ।

एक सन्देश जारी गर्दै स्टेशन म्यानेजर लुइँटेलले रेडियो आजको अवस्थासम्म आउन आफ्नो महत्वपूणर् भूमिका खेल्नुहुने सबैमाधन्यवाद दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस