आज :

ताजा समाचार

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुको आयोजनामा दोश्रो वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

  पुरुषोत्तम ढकाल    १७ असार २०७८, बिहीबार २०:५६      1244 Views

भक्तपुर: भक्तपुर जिल्लामा समुदाय- प्रहरी साझेदारी अवधारणा अन्तर्गत महानगरीय प्रहरी वृत्त जगाती भक्तपुर र सेल्सबेरी डिपार्टमेन्ट स्टोर सुर्यविनायक शाखा भक्तपुरको संयुत्त सहकार्यमा आज महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको प्राङगणनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कोरोना माहामारिको कारण रेडक्रसमा रगतको अभाव परेपछि जगाति प्रहरीद्धारा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । आज आयोजित उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरले प्राबिधिक सहयोग प्रदान गरेको थियो ।

त्यस्तै आजको खुल्ला रक्तदान कार्यक्रममा प्रहरी कर्माचारी ४७ जना, अन्य कर्माचारी तथा स्थानिय बासिन्दा २७ जना गरी ७४ जनाले रक्तदान गरेका छन्।

आजको कार्यक्रममा सेल्सबेरी डिपार्टमेन्ट स्टोरका संचालक यादव राई, महानगरीय प्रहरी वृत जगाती भक्तपुरका प्रहरी नायव उपरीक्षक राजेश थापा, प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल तथा प्रहरी निरीक्षक सुर्य बहादुर शाही लगाएत अन्य प्रहरीहरुको समेत सक्रिय सहभागीता रहेको थियोे।

रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरी अमूल्य सहयोग गरेको भन्दै सहभागीलाई प्रशंसा पत्र प्रदान समेत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस