आज :

ताजा समाचार

ग्रेस एफ.एम १०७.६ मेगाहर्जको कार्यालयमा चोरी, प्रहरी निरीक्षक फुँयालद्वारा घटनाको अनुसन्धान

  पुरुषोत्तम ढकाल    १७ असार २०७८, बिहीबार १५:०१      995 Views

भक्तपुर: भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं ४ अरनिको राजमार्ग अन्तर्गत भुलान्चामा रहेको ग्रेस एफ.एम १०७.६ मेगाहर्जको कार्यालयमा चोरी भएको छ ।

हिजो (बुधबार) राति अन्दाजी १२ बजे पछिको समयमा रेडियोको कार्यालयमा प्रवेश गरि अज्ञात व्यक्तिले रेडियोको स्टुडियो भित्रबाट एक थान ल्यापटप, केहि सामान र ल्यापटपको चार्जर समेत चोरी गरेको छ । त्यस्तै प्राविधिक रामहरी चौलागाईको पर्सबाट केहि रुपयाँ पैसा समेत चोरी गरेको छ ।

कार्यालयमा विहान ५ बजे रेडियो खोल्ने समयमा प्राविधिक रामहरी चौलागाईले चोरी भएको घटना थाहा पाउने बितिकै स्टेसन म्यानेजर केशव प्रसाद लुइँटेललाई खबर गरेका थिए ।

स्टेसन म्यानेजरले घटनाको वास्तविकता बुझ्नको लागि प्रहरी वृत जगातीमा खबर गर्नासाथ महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरी निरीक्षक बिष्णु हरी फुँयालको कमान्डमा खटिएको टोलिले उक्त घटनाको अनुसन्धान गरि घटना स्थलको मुचुल्का समेत उठाएको छ ।

प्रहरीले अहिले घटनाको अनुसन्धान गर्दै चोरी गर्ने व्यक्तिको खोजिकार्य तिब्रगतिमा अगाडी बढाएको प्रहरी निरीक्षक बिष्णु हरी फुँयालले खुल्ला पोष्ट लाई जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस