आज :

ताजा समाचार

हरियो बन नेपालको धन भन्ने मुल नाराका साथ पाँचखालमा बृछ्यारोपण सम्पन्न ।

  राम प्रसाद ढकाल    १६ असार २०७८, बुधबार २१:४५      120 Views

काभ्रे : सदा झै हरियो बन नेपाल को धन भन्ने मुल नाराको साथ हरेक साल बर्षाको मनसुन समयमा बृछ्यारोपण कार्य यस बर्ष पनि पाँचखाल नगरको सबै भन्दा ठुलो बन पाँचखाल समुदायिक बन अन्तरगत पर्ने अरनिको राजमार्ग लामिडाडा बाघखोर अदिबासि जनाजाति भवनको पछडि डाडामा दश प्रजातिका कटहर, रिठे, अमला, मसला,ओखर, लिचि,अनार, अम्बा, लप्सी, सल्लो गरि ७५ थान बिरुवा रोपिएको छ ।
जिल्ला बन कार्यालय काभ्रेका स्याम सुन्दर सापकोटा ज्युको उपस्थितमा सो कार्य सम्पन्न भएको हो । पाँचखाल ४ का वडा सदस्य कृष्णबहादुर दनुवार समाजसेवीहरु निरबहदुर लामा, धारस मान तामाङ पाँचखाल सामुदायिक बनका अध्यक्ष,पूर्व अध्यक्ष, समितिका सदस्य र युवा नेता योन्सङ लामा को सयुक्त टिमले बृछ्यारोपण गर्नु भएको हो । समाजसेबी निरबहदुर लामाले बृछ्यारोपणबाट बनको शोभा बढाउन र पहिरो जानबाट जोगिनको लागि यस्ता कार्यक्रमको आवस्यकता रहेको हुदा रुख बिरुवा नभएको डाडा डाडामा हरेक बर्ष यसरि नै बिरुवा रोप्दै जाने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस