आज :

ताजा समाचार

आजदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन

  पुरुषोत्तम ढकाल    १५ असार २०७८, मंगलवार ०८:१३      862 Views

काठमाडौं: आजदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन भएका छन् ।

सोमबार बिहान बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा विगतको भन्दा केही खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

आजबाट काठमाडौं उपत्यकाभित्र मात्र संचालन हुने गरी २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यातायात सञ्चालन भएका छन् ।

सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने र सार्वजनिक यात्रु बाहक सवारी साधन संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु राख्न नपाउने व्यवस्था गरिएको छ ।

चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने मापदण्ड तोकिएको छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन गर्न स्वीकृति दिइएको छ ।

त्यस्तै कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप एक साता असार २१ गतेसम्म निषेधाज्ञा लम्बाइएको छ ।


प्रतिक्रिया दिनुहोस