आज :

ताजा समाचार

आज असार १५, दही-चिउरा खाने दिन : राष्ट्रिय धान दिवस मनाइँदै ( भिडियो सहित ) हेर्नुहोस

  पुरुषोत्तम ढकाल    १५ असार २०७८, मंगलवार ०७:५६      102 Views

काठमाडौं: आज असार १५ अर्थात मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन । आजका दिन राष्ट्रिय धान दिवस देशभर मनाइँदैछ । यस वर्ष मङ्गलबार परेकाे राष्ट्रिय धान दिवस मुलुकभर राेपाइँ गरेरै मनाइँदै छ ।
नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । विगतमा कृषि मन्त्रालय, कृषि विभागअन्तर्गत गठित समितिले धान दिवस विशेष महोत्सव लगायत कार्यक्रम आयोजना गर्ने गरेकोमा यस वर्ष भने काेराेना महामारीका कारण औपचारिक कार्यक्रमहरू राखिएकाे छैन ।
हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ । यस दिनमा औपचारिक, अनौपचारिक रुपमा धान रोप्ने कार्यक्रम पनि आयोजना गर्ने गरिन्छ ।
त्यस्तै असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । वि.सं. २०६१ साल मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय अनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
असार १५ गतेलाई दही, चिउरा खाने पर्वको रुपमा पनि मनाउने गरिन्छ । आजको दिन कृषि पेशामा रहने अथवा अन्य सबै पेशा, व्यवसायका मानिसहरुले दही, चिउरा खाएर असार १५ लाई मनाउने गर्छन् ।
असारमा एकचोटी हिलोमा पस्नैपर्छ भन्ने मान्यता अनुसार अधिकांश मानिसहरु आजैको दिनमा हिजोमा पसेर धान रोप्ने पनि गर्दछन् । आजको दिनलाई मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा पनि लिइन्छ ।
यस वर्ष ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ राष्ट्रिय धान दिवस मनाइँदैछ ।
भिडियो सहित हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस