आज :

ताजा समाचार

काभ्रे जिल्लामा आज थप ४० जनामा कोरोना संक्रमण पुष्टि, २ सय ६३ जना संक्रमण मुक्त

  पुरुषोत्तम ढकाल    ३ असार २०७८, बिहीबार २०:५०      89 Views

काभ्रे: काभ्रे जिल्लामा आज थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टाको अवधिमा काभ्रेमा २६३ जना संक्रमण मुक्त भएका छन्।

त्यस्तै जिल्लामा आज ६ जनाको एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा एक जनाको मृत्यु भएको छ।

यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या १० हजार ५८३ पुगेको छ। यस्तै निको हुनेको संख्या ९ हजार २७९ र मृत्यु हुनेको संख्या २१९ पुगेको छ।

थप विवरण हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस