आज :

ताजा समाचार

काभ्रेका युवा ब्यबसायीद्वारा अस्पताल र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण

  राम प्रसाद ढकाल    १२ जेष्ठ २०७८, बुधबार २१:२६      381 Views

काभ्रे: काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपाकिला वडा नं.४ नौविसेस्थित मेथिनकोट अस्पताल र दाप्चा स्वास्थ्य चौकीलाई युवा व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन् । नमोबुद्ध नगरपालिका १० का युवा व्यवसायी ईस्क्रा कन्सट्रक्सन प्रा.लि.का प्रोपाईटर टिका बहादुर तामाङ (धावा)ले व्यक्तिगत तर्फबाट दुई वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो ।
मेथिनकोट अस्पताल र दाप्चा स्वास्थ्य चौकीलाई पिपिई, एन–९० मास्क, नेबुलाइजर मास्क, भिटामिन सी, सेनिटाइजर, ग्लोब्स, एजिथ्रोमाइसिन सहित अत्यावश्यक औषधीहरु व्यवसायि तामाङ र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले संयुक्तरुपमा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सागर जर्घामगरलाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो भने सो नगरपालिका वडा नं. ९ मा रहेको दाप्चा स्वास्थ्य चौकी वडा अध्यक्ष मेल बहादुर लामा र स्वास्थ्य चौकी इन्चार्ज बलराम पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।
यस्तो महामारिको बेलामा आफ्नो तर्फबाट सामाजिक दायित्व पूरा गर्ने क्रममा आम नागरिकको जीवनमा स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा रहेर सेवा प्रवाह गरिरहेका स्वास्थ्य संस्थाहरुमा सहयोग आवश्यक रहेको महशुस गर्दै थोरै भएपनि सहयोग पु¥याउने उद्धेश्यले ति सामग्रीहरु उपलब्ध गराएको व्यवसायि तामाङले बताउनुभयो । जोखिम मोलेरै भएपनि स्वास्थ्यकर्मीले कोरोना संक्रमित बिरामीको उपचारमा देखाएको तत्परतालाई अझै थप हौसल्ला र मद्धत पुग्नेछ भन्ने विश्वासका साथ आफ्नो तर्फबाट सानो सहयोग गरेको हुँ ।’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा एन्टीजेन किट, अक्सिजन सिलिण्डरसहित अन्य स्वास्थ्य सामग्री सहयोग मैले सकेको मद्धत गर्नेछु ।’ उहाँका अनुसार पहिलो चरणमा एक लाख रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताउनुभयो ।
सामग्री हस्तान्तरण गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत पौडेलले तत्कालका लागि आवश्यक रहेका औषधीसहित स्वास्थ्य सामग्री सहयोग गरेकोमा व्यवसायी तामाङ प्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सागर जर्घामगरले मेथिनकोट अस्पतालले प्रतिकुल अवस्थामा सीमित स्रोत साधनका बाबजुद पनि कोरोना संक्रमण, नियन्त्रण र रोकथामको अभियानमा अहोरात्र खटिरहेको बताउनुहुँदै प्राप्त सहयोगले थप हौसला पुगेको बताउनुभयो । दैनिक रुपमा स्वास्थ्यकर्मी र बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभाव भइरहेको समयमा यस्ता सामग्रीले सेवा प्रवाहमा थप मद्धत पुग्ने उहाँले बताउनुभयो ।
त्यस्तै उहाँले नमोबुद्ध नगरपालिका वडा न १० स्थित बसेरीको तामाङ बस्तिमा रहेको कालिदेवी मन्दिरमा कालीदेवीको प्रतिमा राख्ने काममा पनि सहयोग गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस