आज :

ताजा समाचार

काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका भोलि देखि शिल (सूचना सहित)

  पुरुषोत्तम ढकाल    ११ जेष्ठ २०७८, मंगलवार १३:३१      145 Views

काभ्रे: काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले आफ्नो नगर क्षेत्र शिल गर्ने भएको छ। नगर क्षेत्रमा कोरोना संक्रमितको संख्या उच्च भएपछि नगरपालिकाले भोलि (वुधबार) देखी शिल गर्ने निर्णय गरेको हो।

मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाईबाद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा भोलि जेठ १२ गतेदेखि २१ गतेसम्म ९ दिनका लागि नगरका सम्पूर्ण क्षेत्र पूर्ण रुपमा शिल गरिने जनाईएको छ।

त्यस्तै शिल अवधिभर औषधि र इन्धन बाहेक अन्य पसल खोल्न पूर्णरुपमा निषेध गरिएको छ। सो अवधिमा स्वास्थ्यका अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन र मानवीय हिड्डुल गर्न समेत प्रतिबन्ध लगाईएको छ भने स्थानीय दूध डेरी संकलन तथा बिक्रि पूर्ण रुपमा बन्दगर्न भनिएको छ।

त्यस्तै मण्डनदेउपुर नगर क्षेत्रमा कोरोना संक्रमण निकै फैलिएकोले नगरबासिकै सुरक्षाको लागि शिल गरिएकोले यसको पालना गर्न आग्रह गर्दै अवज्ञा गरे संक्रामक रोग ऐन अन्तर्गत कारवाही गरिने पनि सूचनामा भनिएको छ।

यसअघि काभ्रे जिल्लामा कोरोना संक्रमितको संख्या उच्च भएपछि बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकाले आफ्नो नगर क्षेत्र पूर्ण रुपमा शिल गरिसकेका छन् ।
मण्डनदेउपुर नगरपालिकाद्वारा जारी सूचना हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस