आज :

ताजा समाचार

वान हर्ट वल्डवाइड अन्तराट्रिय गैर सरकारी संस्था द्वारा काभ्रेको मेथिनकोट अस्पताललाई सहयोग

  पुरुषोत्तम ढकाल    ११ जेष्ठ २०७८, मंगलवार १३:०७      245 Views

काभ्रे: नेपालमा सन् २०१० देखि मातृ तथा नवशिशु स्वास्थ्य क्षेत्रमा काम गरिरहेको वान हर्ट वल्डवाइड नामक अन्तराट्रिय गैर सरकारी संस्थाले काभ्रे जिल्लाको मेथिनकोट अस्पतालमा ४० लिटरका १० थान अक्सिजन सहितको सिलिन्डर सहयोग गरेको छ ।

जिल्लामा अक्सिजनको अभाव भईरेको बेला उक्त अक्सिजन सिलिन्डर पहिलो चरणमा काभ्रे जिल्लाको मेथिनकोट अस्पताल र छिमेकी जिल्लाहरु रामेछाप, दोलखा, सिन्धुली, नुवाकोट, धादि∙ लगायत अन्य जिल्लाका जिल्ला अस्पताल तथा कोभिडि अस्पतालमा १० र १० थानका दरले अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको हो ।

हाल यो संस्थाले नेपालका पहाडि तथा हिमाली भेगका १९ वटा जिल्लाहरुमा सक्रिय रुपमा काम गरिरहेको छ । कोभिड १९ को दोश्रो लहरसँगै नेपालमा अक्सिजनको अभाव र माग बढिरहेको छ ।

संक्रमण दर समुदाय स्तरमा फैलिएपछि अक्सिजनको आवश्यकता पर्ने काभिडको बिरामीहरु जिल्ला अस्पतालहरुमा दिनादिन बढिरहेको र ताहाँ भएको अक्सिजनको मौज्यातले भार धान्न गाह्रो भईरहेकोले स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा अक्सिजन सहितको सिलिन्डर प्रदान गरिएको हो ।

अहिलेको बिषम परिस्थिमा मासिनको जीवन बचाउनका लागी अक्सिजन महत्वपूर्ण कुरा हो, अक्सिजनै नभए जनशक्तिले मात्र सबै व्यवस्थापन गर्ने गाह्रो छ, त्यसैले अपस्ताललाई बिरामको व्यवस्थापन गर्ने सहज होस् भन्ने हेतुले पहिलो चरमा जिल्ला अस्पतालहरुमा अक्सिजन सहितको सिलिन्डर हस्तान्तरण गरिएको वान हर्ट वल्डवाइड, काभ्रेका बरिष्ठ जिल्ला संयोजक रबिन जोशीले बताए ।

यस सस्थाले बिगत १ बर्षदेखि सक्रिय रुपमा जिल्लाको ७ वटा स्थानीय तहसँगको समन्वयमा मातृ तथा नवशिशु स्वास्थ्य सुधारका लागी बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

यस अघि पनि कोभिड १९ को पहिलो लहरमा कोभिड १९ को महामारीसँग जुध्न जिल्ला स्वास्थ्य कार्यालय, मेथिनकोट अस्पताल, पालिकाको क्वारेन्टाइन, पालिका मातहतका सम्पस्र्ण स्वास्थ्य चौकीहरुमा आवश्यकता अनुसारर्को करिब १२ लाख बराबारको पि.पि.ई लगायतको सामाग्री सहयोग गरेको थियो ।

त्यस्तै हालको बिषम अवस्थामा पनि आमा तथा नवशिशुको जीवन रक्षाका निम्ति मातृ तथा नबशिशु अकस्मिक हेल्पलाइन, घरमै रहेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई फोन सम्पर्क मार्फत परामर्श दिन टेली ए.एन.सी, टेली पि.एन सी कार्यक्रम संचालन भईरहेको तथा अन्य केही कार्यक्रम संचालनका लागी गृहकार्य भईरहेको पनि बरिष्ठ जिल्ला संयोजकले जानकारी दिदै उनले भने “हामी यो बेलामा पनि कसरी समुदाय स्तरको लक्षित वर्गमा पुग्न सकिन्छ भनेर आन्तरिक गृहकार्य गरिरहेको छौ”।

पहिलो चरणमा जिल्ला अस्पताललाई प्रथमिकतामा राखी भएको श्रोत अनुसार सामाग्रीको सहयोग गरियतापनि क्रमिक रुपमा संस्थाले परियोजना संचालन गरिरहेको जिल्लाका पालिकालाई पनि आवश्यकता अनुसार सहयोग गर्ने हिसावले काम भईरहेको समेत  जिल्ला संयोजक रबिन जोशीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस