आज :

ताजा समाचार

कोभिड–१९ को तेस्रो लहर छिट्टै आउन सक्ने विज्ञहरूको भनाई, सचेत हुन आग्रह

  पुरुषोत्तम ढकाल    ४ जेष्ठ २०७८, मंगलवार ०८:०७      384 Views

काठमाडौँ: कोभिड–१९ को तेस्रो लहर छिट्टै आउन सक्ने भन्दै अहिले नै तयारी थाल्न विज्ञहरूले जोड दिएका छन् ।

खोप नलगाएका व्यक्ति र बालबालिका तेस्रो लहरबाट बढी प्रभावित हुने उनीहरूको विश्लेषण छ ।

दोस्रो लहर कम भएर सामान्यतर्फ जान थालेपछि स्कुल खुल्ने भएकाले संक्रमणको समस्या निम्तिने विज्ञहरुको भनाइ छ ।

विद्यालयले भौतिक उपस्थितिको सट्टा भर्चुअल (अनलाइन) उपस्थितिमा कक्षा सञ्चालनलाई निरन्तरता दिनुपर्ने चिकित्सकहरुको राय छ ।

तेस्रो लहर डिसेम्बरसम्म जान सक्ने र त्यतिबेलासम्म स्कुल खोल्दा जोखिम हुन सक्ने ऊनीहरुको आँकलन छ ।

प्रतिक्रिया दिनुहोस