आज :

ताजा समाचार

प्रेस संगठनद्धारा पत्रकारलाई स्वास्थ्य सामग्री तथा खाद्यान्न वितरण

  राम प्रसाद ढकाल    १ जेष्ठ २०७८, शनिबार २१:२०      282 Views

काभ्रे: कोरोना भाइरस(कोभिड–१९)को दोस्रो लहरको संक्रमण फैलिरहेको बेला अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुलाई प्रेस संगठन नेपाल काभ्रेले स्वास्थ्य सामग्री र खाद्यान्न वितरण गरेको छ । संगठनले व्यवसायी तथा संघ संस्थाहरुको सहयोगमा पत्रकारहरुलाई सो सामग्री वितरण गरिएको हो ।
संगठनमा आबद्ध रही जिल्लामा विभिन्न सञ्चार माध्यममा रहेर कोरोना प्रभावको वेलामा पनि अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुलाई सहयोग स्वरुप स्यानिटाईजर, मास्क, भिटामिन क्याप्सुल र साबुन लगायतका स्वास्थ्य सामग्री वितरण गरेको संगठनका अध्यक्ष रामकृष्ण बञ्जाराले बताउनुभयो । ‘अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरका लागि सहज होस् भन्ने उद्धेश्यले विभिन्न संघ संस्थाको सहयोगमा संगठनले करिब ४० जना पत्रकारहरुलाइ स्वास्थ्य सामग्री वितरण गरेका हौं ।’ उहाँले भन्नुभयो, ‘त्यससंगै यस्तो निषेधाज्ञाका वेलामा गाउँबाट पत्रकारिता पेशाको लागि शहरमा आएर भाडामा बस्ने पत्रकारहरुलाई सहयोग स्वरुप स्वास्थ्य सामग्री सहित खाद्यान्न समेत वितरण गरेका छौं ।’ संगठनले १३ जना पत्रकारहरुलाई खाद्यान्न समेत वितरण गरेको उहाँले बताउनुभयो ।
पत्रकारहरुलाई सहयोगको लागि स्क्रा कन्स्ट्रक्सन प्रा.लि.का प्रोपाईटर टिका बहादुर तामाङ(धावा), दीप लक्ष्मि एग्रीगेट एण्ड माइनिङ प्रा.लि का संचालक प्रदिप बोगटि, सहकारीकर्मी राजन अधिकारी, व्यवसायीहरु कृष्णहरी आचार्य, प्रेम चौलागाई, विकास खनालको विशेष सहयोगमा सो सामग्री वितरण गरेको संगठनले जनाएको छ । सहयोगको लागि पुण्यवती यातायात प्रा.लिका अध्यक्ष राजेश सुन्दर सैजु पनौती नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष ईश्वर जंगमले समेत सङ्गठनलाइ सहयोग उपलब्ध गराउनु भएको थियो ।
सामग्री व्यवस्थापनमा संगठनका अध्यक्ष रामकृष्ण बञ्जाराको नेतृत्वमा संगठनका नेता एवं खुल्लापोष्ट डटकमका सञ्चालक तथा संचारकर्मी रामप्रसाद ढकाल(आर.डि.)र नेपाल पत्रकार महासघ बागमती प्रदेश सदस्य तथा संचारकर्मी पेमा लामाको सक्रियतामा सो कार्य सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस