आज :

ताजा समाचार

काभ्रे जिल्लामा आज थप ४० जनामा कोरोना संक्रमण पुष्टी, ५ जनाको मृत्यु, १२ जना डिस्चार्ज

  पुरुषोत्तम ढकाल    २६ बैशाख २०७८, आईतवार १८:५३      685 Views

काभ्रे: काभ्रे जिल्लामा आज (आइतबार) थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

जिल्लामा आज थपिएका ४० जना नयाँ संक्रमित मध्ये बनेपाका २१ जना रहेका छन्। त्यस्तै धुलिखेलका ९ जनालाइ संक्रमण पुष्टि भएको छ। यसैगरी पनौती नगरपालिकामा ४ जना, मण्डनदेउपुर नगरपालिकामा २ जना, पाँचखाल नगरपालिकामा २ जना, नमोबुद्ध नगरपालिकामा २ जना गरी आज जम्मा ४० जनालाई कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ९९ पुगेको छ। जसमा ४९८ जना महिला र ६०१ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ४ हजार ५९८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ। कोरोना भाइरसको संक्रमणका कारण काभ्रेमा आज ५ जनाको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका कारण मृत्यु हुनेमा पनौतीकी ८७ वर्षीय महिलाको शिर मेमोरियल अस्पतालमा, धुलिखेलका ६२ वर्षीय महिला, भक्तपुरकी ७६ वर्षीय महिलाको धुलिखेल अस्पतालमा र धुलिखेलका २७ र ५८ वर्षीय पुरुषको घरमा होम आइसोलेसनमा रहेको अवस्थामा निधन भएको बताईएको छ।

यसै गरी काभ्रे जिल्लामा आज १२ जना उपचार पछी संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

थप विवरण हेर्नुहोस:


प्रतिक्रिया दिनुहोस