आज :

ताजा समाचार

नेपालमा आज थप ८ हजार ८ सय ५० जनामा कोरोना संक्रमण पुष्टि, ८८ जनाको मृत्यु

  पुरुषोत्तम ढकाल    २६ बैशाख २०७८, आईतवार १६:५३      201 Views

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणमा ८ हजार ७ सय ७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जना यसअघि सरकारी तथ्यांकमा समावेश नभएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसमेत गणना गर्दा आज (आइतबार) मृतक संख्या ८८ रहेको छ ।
आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस