आज :

ताजा समाचार

नेपालमा आज एकै दिन ९०७० जनामा कोरोना संक्रमण, २७०७ संक्रमणमुक्त, ५४ जनाको मृत्यु

  पुरुषोत्तम ढकाल    २३ बैशाख २०७८, बिहीबार १७:५९      146 Views

काठमाडौं: पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।
बिहीबारसम्म कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ ।
जसमध्ये ६७ हजार २४६ जना होम आइसोलेसनमा र ५३१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै ६५२ जनाको आईसीयूमा र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस