आज :

ताजा समाचार

काभ्रे जिल्लामा आज १ सय ६ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

  पुरुषोत्तम ढकाल    २० बैशाख २०७८, सोमबार १९:२२      94 Views

काभ्रे: काभ्रे जिल्लामा आज थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज कोरोना संक्रमण हुनेहरुमा सबै भन्दा धेरै बनेपा नगरपालिका, पनौती नगरपालिकाका, धुलिखेल नगरपालिकाका र पाँचखाल नगरपालिकाका रहेका छन्।

बनेपा नगरपालिकामा आज २८ जनालाइ संक्रमण पुष्टि भएको छ। यसैगरी पनौती नगरपालिकामा २४ जना नयाँ संक्रमित थपिएका छन्। यस्तै धुलिखेल नगरपालिकामा पनि २४ जना थपिएका छन् भने पाँचखाल नगरपालिकामा पनि संक्रमित ह्वात्तै बढेर आज १८ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी नमोबुद्ध नगरपालिकामा ३ जना, मण्डनदेउपुरमा १, बेथानचोक गाउँपालिकामा ३ जना, रोशी गाउँपालिकामा २, महाभारत गाउँपालिकामा २, भुम्लु गाउँपालिकामा १ जना गरी जम्मा १०६ जनालाई कोरोना संक्रमण पुष्टी भएको बताईएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ५५५ पुगेको छ। जसमा २५२ जना महिला र ३०३ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३९ सय ८२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।

यस्तै काभ्रे जिल्लामा आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। बनेपाको शिर मेमोरियल अस्पतालमा १ जना भारतीय नागरिक (पुरुष) तथा धुलिखेल अस्पतालमा कोटेश्वर काठमाडौंकी ७० वर्षीय बृद्धाको निधन भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।

थप विवरण हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस