आज :

ताजा समाचार

नेपालमा आज थप ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

  पुरुषोत्तम ढकाल    २० बैशाख २०७८, सोमबार १८:४८      111 Views

काठमाडाैं: नेपालमा आज (सोमबार) थप सात हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १६ हजार ६ सय ५८ पिसिआर परिक्षणका क्रममा सात हजार तीन सय ८८ र ५१८ एन्टीजेन परिक्षणका क्रममा ६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३७ जनाको ज्यान गएको छ ।हालसम्म नेपालका कोरोनाका कारण ३ हजार तीन सय ६२ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप दुई हजार २१ जना संक्रमण मुक्त हुँदा हालसम्म नेपालमा दुई लाख ८६ हजार १५ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।
हाल नेपालमा ५४ हजार ४१ संक्रिय संक्रमित आइशोलेशनमा र २१२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २५ लाख २१ हजार १६४ पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस