आज :

ताजा समाचार

काभ्रे जिल्लामा आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टी, २ जनाको मृत्यु

  पुरुषोत्तम ढकाल    १९ बैशाख २०७८, आईतवार १९:१६      384 Views

काभ्रे: काभ्रे जिल्लामा केहिदिन देखि कोरोना संक्रमण तिब्र रुपमा फैलिदै गएको छ।  जिल्लामा आज (आइतबार) थप  ४२ जना नयाँ संक्रमित थपिएका छन्।

आज  कोरोना संक्रमण पुष्टी हुनेमा सबै भन्दा धेरै बनेपा नगरपालिकाका रहेका छन्। आज थपिएका ४१ जना संक्रमित मध्ये बनेपाका मात्र २७ जना रहेका छन्।

यसैगरी धुलिखेलमा ८ जना, पाँचखालमा नगरपालिकामा ३ जना, पनौतीमा १ जना, बेथानचोक गाउँपालिकामा १ जना र तेमाल गाउँपालिकामा १ जना गरी जम्मा ४१ जनालाई कोरोना संक्रमण पुष्टी भएको बताईएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ४४९ पुगेको छ। जसमा २०७ जना महिला र २४२ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३८ सय ७५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।

त्यस्तै आज जिल्लामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बनेपा नगरपालिकाका ६१ वर्षीय पुरुष छन् भने अर्का ललितपुरका ६० वर्षीय पुरुष रहेका छन् । उनीहरु दुबैको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको बताईएको छ।

थप विवरण हेर्नुहोस:


प्रतिक्रिया दिनुहोस