आज :

ताजा समाचार

नेपालमा आज एकै दिन हालसम्मकै धेरै कोरोना संक्रमित थपिए, २७ जनाको मृत्यु

  पुरुषोत्तम ढकाल    १९ बैशाख २०७८, आईतवार १९:०२      114 Views

काठमाडौँ: नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा मात्र ७ हजार बढी संक्रमित भेटिएका छन्। १६ हजार ७ सय ७० जनाको परीक्षण गर्दा ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये हाल ४८ हजार ७ सय ११ जना सक्रिय संक्रमित छन्। हाल ६७ जना संक्रमित क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा १ हजार ६ सय १२ जना उपचारपछि डिस्चार्ज भएका छन्।
कुल संक्रमितमध्ये ३ हजार ५ सय ९५ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा २ हजार ७ सय ४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै आज देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १९ जना संक्रमितको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस