आज :

ताजा समाचार

काभ्रे जिल्लामा कोरोना संक्रमण अहिले सम्मकै उच्च, आज ९७ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

  पुरुषोत्तम ढकाल    १८ बैशाख २०७८, शनिबार १८:०४      819 Views

काभ्रे: काभ्रे जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जिल्लामा आजको तथ्यांक हेर्ने हो भने आज एकैदिन ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त संक्रमण दर जिल्लामा अहिले सम्मकै उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

काभ्रे जिल्लामा आज थपिएका नयाँ संक्रमितमध्ये पनौती नगरपालिकाबाट १५ जना पुरुष र १२ जना महिला, धुलिखेल नगरपालिकाबाट ७ जना महिला र १२ जना पुरुष, बनेपा नगरपालिकाबाट १४ जना महिला र १६ जना पुरुष, पाँचखाल नगरपालिकाबाट २ जना महिला र ६ जना पुरुष, भुम्लु गाउँपालिकाबाट १ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष, नमोबुद्ध नगरपालिकाबाट ३ जना महिला र ३ जना पुरुष, रोशी गाउँपालिकाबाट १ जना पुरुष, तेमाल गाउँपालिकाबाट १ जना पुरुष, चौरी गाउँपालिकाबाट १ जना पुरुष, बेथानचोक गाउँपालिकाबाट १ जना पुरुष र महाभारत गाउँपालिकाबाट १ जना पुरुष रहेका छन् ।

योसँगै काभ्रेमा कुल कोरोना संक्रमितको संख्या ३८ सय ३२ पुगेको छ । त्यस्तै जिल्लामा अहिले ४ सय ७ जना सक्रिय कोरोना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितध्ये ३ सय ९३ जना होम आईसोलेसनमा र १४ जना अस्पतालमा उपचाररत रहेका छन् । त्यस्तै जिल्लामा आज एक जना संक्रमितको उपचारपछि संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

यस्तै आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। चौरिदेउराली गाउँपालिकाका ७० वर्षीय पुरुष हुन् भने सिन्धुपाल्चोक चौताराका ३७ वर्षीय पुरुष रहेका छन् । उनीहरु दुबैको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको बताईएको छ ।

थप जानकारीको लागि यो विवरण हेर्नुहोस :


प्रतिक्रिया दिनुहोस