आज :

ताजा समाचार

एक किलो कै २ हजार ५ सय रुपयाँ पर्ने पिकानट्स खेति यसरि गर्नुहोस (भिडियो सहित)

  पुरुषोत्तम ढकाल    १६ बैशाख २०७८, बिहीबार २०:३१      2504 Views
काठमाडौँ: पिकानट्स ओखर जस्तै देखिने तर रुख र फल दुबै ओखरको भन्दा सानो हुने एक बिरुवा हो । यसको फल पनि करिब ओखर जस्तै हुन्छ तर यो हातले नै फुटाएर खान सकिन्छ ।
पिकानट्सको बाहिरि भाग अत्यन्तै नरम हुन्छ । यसको फल अत्यन्तै मिठो हुनुको साथसाथै धेरै प्रकारका भिटामिनहरु पाईन्छ । यसले मानिसको स्मरण शक्ति बढाउनमा मद्दत पुर्याउछ । यस बिरुवाको आयु सरदर १०० बर्ष हुन्छ । यसको एक बयस्क रुखले ४०-५० केजि सम्म फल दिन्छ ।
नेपालमा पिकानट्सको खेती समुन्द्री सतहबाट ८०० मिटर देखी ३००० मिटर सम्म गर्न सकिन्छ । यसलाई अलिकति ओसिलो ठाउमा लगाउदा राम्रो हुन्छ । यो बिरुवालाई ५-५ मिटरको फरकमा लगाउनु पर्छ । यो बिरुवा १ रोपनिमा करिब २० ओटा लगाउन सकिन्छ । यस बिरुवाले ४-५ बर्ष बाट उत्पादन दिन सुरु गर्दछ ।
नेपालमा पिकानट्सको खेती गर्ने तरिका भिडियो सहित हेर्नुहोस:

https://youtu.be/vHn5dnGrYII


प्रतिक्रिया दिनुहोस