आज :

ताजा समाचार

काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  पुरुषोत्तम ढकाल    ३० चैत्र २०७७, सोमबार २०:०६      916 Views

काभ्रे: काभ्रे जिल्लाको पनौती नगरपालिकाका विभिन्न मठ मन्दिर, पाटीपौवा तथा पिकनिक स्पट लगायतका ठाउँमा लागूपदार्थ सेवन गर्ने दूव्र्यसनीको संख्या बढ्दै गएको सचेत नागरिकहरुले बताएका छन् ।

प्रहरी चौकी पनौतीको आयोजनामा नगरपालिका सभा हलमा आज (सोमबार) आयोजित नागरिक सुनुवाई कार्यक्रममा स्थानिय जनप्रतिनिधी, समाजसेवी, नागरिक अगुवाहरुले घरेलु मदिराका कारण अधिकांश घरेलु हिंसाका घटना हुने गरेको उल्लेख गरेका छन् ।

समाजसेवी, नागरिक अगुवाहरुको जिज्ञासामा ईलाका प्रहरी चौकी बनेपाका ईन्चार्ज योगेन्द्र तिमल्सिनाले घरेलु मदिरा बेचविखन अबैध भएको बताउदै आफ्नो कार्यकालको हालसम्म १२ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको जानकारी दिनुभयो ।

विद्यालय क्षेत्रमा ३ सय मिटर वरपर मदिरा, चुरोट, सुर्ती बेच्न नपाईने कानुनी व्यवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले संसद् छलफलको रुपमा रहेको गाँजा विधेयक कानुन बनेर नआएसम्म गाँजा सेवन तथा बेचविखन अबैध भएको बताउदै सेवन गर्ने र कारोवारीलाई कानुनी दायरामा ल्याउन हरेक क्षेत्रमा प्रहरी निगरानीमा रहेको उल्लेख गर्नुभयो ।

केही विपन्न परिवारको रोजीरोटी नै घरेलु मदिराबाट चल्ने भएकाले निस्चित मापदण्ड बनाएर घरेलु मदिरा उत्पादनलाई व्यवस्थित गरिने सई बानियाँको भनाई छ । राती ९ बजेपछि बजार क्षेत्रका मदिरा पसल तथा होटल बन्द गराउन अझै सशक्त भएर कार्य गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पनौती बसपार्कमा अव्यवस्थित नीजि सवारी साधन पार्किङ्गलाई व्यवस्थित गर्न अर्काे हप्ताबाट ह्वील लक लगाउने कार्य सुरु गरिने उहाँले बताउनु भयो । टिपरलाई चेक जाँच गर्ने काम पनि बसपार्कमा नगरी अन्य खुल्ला ठाँउमा गर्ने व्यबस्था मिलाउने उल्लेख गर्नुभयो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत ७ वटा वडामा कार्यक्रम गरिएको र नगरपालिकाका सबै वडामा जनचेतनाका कार्यक्रम गरिने प्रहरी चौकी पनौतीका ईन्चार्ज सई सन्तोष बानियाँले बताउनुभयो । पनौतीका सबै क्षेत्रमा प्रहरी सक्रियता अझै बढी र चुस्त गतिमा बढाउन थप दरबन्दी (जनशक्ति)को आवश्यकता रहेको उहाँको बनाई छ ।

पनौती नगरपालिकामा अपराधिक घटना न्युनीकरणमा प्रहरी संगसंगै सबै स्थानिय तह, नागरिक समाज, समाजसेवी, आम नागरिकसंग समन्वय गरेर अगाडी बढ्नु जरुरी रहेको प्रहरी चौकी पनौतीका ईन्चार्ज सई बानियाँले बताउनुभयो ।

प्रहरी चौकी पनौतीका प्रहरी नायब निरीक्षक (सई) सन्तोष बानियाँको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख भिम न्यौपाने, विशेष अतिथी उप–प्रमुख गीता बञ्जारा, अतिथीहरु वरिष्ठ प्रशासकीय अधिकृत ईन्द्रप्रसाद अधिकारी, ईलाका प्रहरी चौकी बनेपाका ईन्चार्ज योगेन्द्र तिमल्सिना, विभिन्न वडाका अध्यक्षहरु, पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना लगायात पत्रकार तथा प्रहरीहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस