आज :

ताजा समाचार

प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  पुरुषोत्तम ढकाल    २९ चैत्र २०७७, आईतवार २०:२३      918 Views

भक्तपुर: महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रहरी निरीक्षक बिष्णु हरी फुँयालको कमान्डमा भक्तपुर जिल्ला भित्र अपराधिक घट्नाहरु घटन नदिन आज ख्वप इन्जिनियरिङ कलेजमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय – प्रहरी साझदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी साझेदारी भक्तपुर नगरपालिका वडा नं ८ समितिको समन्वयमा आज ख्वप ईन्जिनियरिङ कलेजमा ब्याचलर प्रथम बर्षमा अध्यनरत विद्यार्थीहरुलाई अपराधिक घट्नाहरु बाट सुरक्षित रहन साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम दिएको प्रहरी निरीक्षक बिष्णु हरी फुँयालले खुल्ला पोष्ट लाई जानकारी दिनुभयो ।

त्यस्तै आजको उक्त कार्यक्रममा शिक्षक, स्थानिय बुद्धिजिबि र अविभावकहरुको समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस