आज :

ताजा समाचार

काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  पुरुषोत्तम ढकाल    २९ चैत्र २०७७, आईतवार १८:०७      611 Views

काभ्रे: काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा धुलिखेल नगरपालिकामा १ जना महिला, रोशी गाउँपालिकामा १ जना महिला र मण्डनदेउपुर नगरपालिकाका १ जना पुरुष रहेको  जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
योसँगै काभ्रेमा सक्रिय कोरोना संक्रमितको संख्या २६ पुगेको छ । यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३४ सय ११ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाले बताएका छन् ।
त्यसैगरी काभ्रे  जिल्लामा आज १ जना संक्रमितको उपचारपछि कोरोना संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
काभ्रेमा कोरोना भाइरस विरुद्धको तेस्रो चरणको खोप अन्तर्गत २ सय ७३ जनाले लगाए खोप:
काभ्रे जिल्लामा आज कोरोना भाइरस विरुद्धको तेस्रो चरणको खोप अन्तर्गत २ सय ७३ जनाले खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार तेस्रो चरणको खोप अभियानमा आज १८ जना चीनमा अध्ययन गर्ने र पढ्न जाने विद्यार्थी (हाल नेपालमा रहेका), २ जना हिमालय पार व्यापार गर्ने नेपाली व्यापारी वा सहयोगी, १९२ जना शिक्षक र प्राध्यापक, ३२ जना यस अघि खोप लगाउन छुट भएका अग्रपंक्तिमा खटिने व्यक्तिहरु, होटल, ट्रेकिङ, बिज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधी, फलफूल, तरकारी लगायतका व्यापारी र २९ जना अन्यलाइ कोरोना विरुद्धको खोप लगाइएको हो ।
कोरोना भाइरस विरुद्धको अभियान अन्तरगत पहिलो चरणमा ६ हजार ७ सय ९९ जना, दोस्रो चरणमा १७ हजार १ सय ६१ जनालाइ कोरोना विरुद्धको खोप लगाएको कार्यालयको विवरणमा उल्लेख छ ।
थप विवरण हेर्नुहोस :-


प्रतिक्रिया दिनुहोस