आज :

ताजा समाचार

काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  पुरुषोत्तम ढकाल    २९ चैत्र २०७७, आईतवार १७:५०      811 Views

काभ्रे: काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा हिजो (शनिबार) देखि लागेको आगो नियन्त्रण गरिएको छ। काँक्रेको पौवाडाँडामा हिजो शनिबार बिहान १० बजेबाट सुरु भएको आगलागी घोरेटो भिर, सीताघारी हुँदै ल्याँसे जङ्गलतर्फ जादै गर्दा आज दिउसो स्थानी वासिन्दा र नगरपालिकाको सयुक्त प्रयासमा आगो नियन्त्रण गरिएको बताईएको छ ।

आगलागी नियन्त्रण गर्न शनिबार राति १२ बजेसम्म नगरको दमकल, स्थानीयवासी, जनप्रतिनिधि, प्रहरी र भकुण्डेस्थित २६ बाहिनीका नेपाली सेना प्रयासरत रहेको समाजसेवी  तथा युवा नेता नीर बहदुर लामाले खुल्ला पोष्ट लाई बताएका छन् । उनका अनुसार अहिले ल्याँसे जङ्गलमा लागेको आगो नियन्त्रण भएको छ ।

आगलागी भएको जङ्गल छेउछाउ मानव बस्ती नभए पनि बारी र दुई/चार सङ्ख्यामा गोठ रहेको लामाले बताउदै आगलागी हुदा जङ्गलमा गएका घासेहरुको खोजी कार्य भैरहेको जानकारी दिए। आगलागीबाट आहिले सम्म क्षति भएको विवरण भने प्राप्त हुन बाकीं छ ।


प्रतिक्रिया दिनुहोस