आज :

ताजा समाचार

भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर, अन्तिम संस्कारका लागि घाटमा घण्टौं लाइन

  पुरुषोत्तम ढकाल    २८ चैत्र २०७७, शनिबार १९:४७      106 Views

एजेन्सी: भारतमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ । दैनिक पहिचान हुने नयाँ संक्रमितको संख्या डेढ लाख नजिक पुग्दा मृतकको संख्या पनि बढिरहेको छ ।

भारतका अहिले कोरोना कयौं राज्यका लागि चुनौतीको विषय बन्दै गइरहेको छ भने केही राज्यको अवस्था दयनीय बनेको छ । त्यहाँ कोरोनाका बिरामीको उपचारका लागि आवश्यक संशोधनको अभाव देखिएको छ भने संक्रमणबाट मृत्यु भएकाहरुको अन्त्येष्टिमा पनि समस्या देखिएको छ ।

उत्तर प्रदेश र मध्य प्रदेशका धेरै जिल्लामा शवको अन्त्येष्टि संस्कारको लागि घण्टौंसम्मको प्रतीक्षा गर्नुपर्ने अवस्था आएको भारतीय संचार माध्याम हरुले बताएका छन् ।

विशेषगरी उत्तर प्रदेशको राजधानी लखनऊ र मध्य प्रदेशको राजधानी भोपालको अवस्था चिन्ताजनक देखिएको छ । जानकारहरुले अहिले भारतका राज्यहरुमा देखिएको अवस्था निकै लामो समयपछि देखिएको संकटको हो ।

उत्तर प्रदेशको पछिल्लो दृश्य भने सरकारी दाबी र आँकडाभन्दा फरक छ । कोरोनाबाट मृत्यु भएका मानिसको परिवारले अन्त्येष्टिको लागि टोकन लिएपछि आठदेखि १० घण्टासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस