आज :

ताजा समाचार



भक्तपुरको बिस्केट जात्रा मनाउन रोक‚ स्थानीयको असन्तुष्टि

  पुरुषोत्तम ढकाल    २३ चैत्र २०७७, सोमबार ०८:०७      69 Views

भक्तपुर : भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्रा यो बर्ष रोकिने भएको छ । जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले यो बर्ष बिस्काः (बिस्केट) जात्रा रोक्ने निर्णय गरेको बताईएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वको समितिको आइतबार बसेको बैठकले कोरोना भाइरस संक्रमण जोखिमलाई कारण देखाउँदैं बिस्काः जात्राको रोक्ने निर्णय गरेको हो।

जात्रामा भैरवनाथको रथ तान्ने र लिंगो ठड्याउन नदिई औपचारिक पूजामा मात्र सीमित गर्ने बैठकले निर्णय गरेको छ। छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण बढिरहेकाले नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेकाले जात्रा रोकिएको डिसिसिएमसीले बताएको छ।

विस्केट जात्रामा रथ तान्ने तथा लिङ्गो ठड्याउने काममा हजारौं भक्तजन सहभागी हुने गरेकाले भीडभाडले कोभिड–१९ संक्रमण फैलिन गई भयावहको अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेकाले यस वर्षको जात्रामा पूजा मात्र गर्ने निर्णय भएको प्रजिअ भट्टराईले बताए।

प्रशासनले स्थानीय तह, स्थानीय संस्कृतिकर्मी, जात्रासँग सरोकारवाला निकाय, गुठी, खलः, पुचलगायतकालाई बेवास्ता गर्दै प्रशासनले एकतर्फीरुपमा निर्णय गरेको सरोकारवालाहरुको भनाइ छ।

बैठकले मध्यपुर थिमि क्षेत्रमा मनाइने प्रसिद्ध जिब्रो छेड्ने जात्रा, सिन्दुर जात्रा समेत नगर्न आग्रह गरेको छ। यस्तै‚ नयाँ वर्ष २०७८ को अवसरमा हुने पूजापाठ, सप्ताह र पिकनिक जस्ता कार्यक्रम नगर्न समेत अनुरोध गरेको छ।

कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण गर्न कोभिड–१९ को मापदण्डको पालना तथा भीडभाड हुने गरी कुनै किसिमको कार्य नगर्न, नगराउन तथा प्रचार प्रसार लगायत जनचेतनामुलक कार्यक्रम गर्न सवै नगरपालिकाहरुलाई अनुरोध गर्ने र कोभिड–१९ को जोखिम नियन्त्रणका लागी नेपाल सरकारबाट जारी भएको मापदण्डहरुको उल्लघन गर्नलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने निर्णय समेत गरेको छ।

भक्तपुरमा बिस्काः जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने प्रचलन छ। यसवर्ष चैत २८ देखि बिस्काः जात्रा सुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा