आज :

ताजा समाचार



फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  पुरुषोत्तम ढकाल    २३ चैत्र २०७७, सोमबार ०७:५१      76 Views

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आईतबार पुनः वृद्धि गरेको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको हो ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलमा समेत प्रतिलिटर दुई रुपैयाँ नै वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार डिजेल र मट्टीतेल प्रतिलिटर रु १०३ पुगेको छ ।

नयाँ मूल्यसूची गएराति १२ बजेदेखि लागू भएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।

निगमको हिजोको निर्णयअनुसार नै मूल्यवृद्धि गरिएको हो । पछिल्लो पटक अप्रिल १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार नै मूल्य समायोजन गरिएको हो । मूल्य समायोजन नगर्दा निगमलाई मासिक एक अर्ब नौ करोड रुपैयाँ बराबरको घाटा हुने अवस्था आएको जनाइएको छ ।

निगमका अनुसार मूल्य समायोजनपश्चात् पेट्रोलमा प्रतिलिटर सात रुपैयाँ ३९ पैसा, डिजेलमा एक रुपैयाँ ९४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा ४१८ रुपैयाँ ४७ पैसा घाटा भई करिब रु ८८ करोड बराबरको घाटा हुने देखिन्छ ।

त्यस्तै एलपी ग्यासबाट मात्रै निगमलाई १५ दिनमा रु ६० करोड १३ लाख बराबरको घाटा भइरहेको छ । घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने जनाइएको छ ।

भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोलमा ३० रुपैयाँ ४७ पैसा र डिजेलमा प्रतिलिटर ३६ रुपैयाँ ६३ पैसा नेपालतर्फ नै सस्तो छ ।

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा