आज :

ताजा समाचार

भारतमा विश्वभरकै सबैभन्दा बढी कोरोना संक्रमित थपिए, स्थिति नियन्त्रणबाहिर

  पुरुषोत्तम ढकाल    २२ चैत्र २०७७, आईतवार ०८:२०      945 Views

काठमाडौं: भारतमा कोरोना भाइरसको संक्रमण नियन्त्रणबाहिर पुगेको बताईएको छ । लगातार भारतमा विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । यो निकै ठूलो भयावह स्थिति हो ।

भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि छिमेकी देशहरुलाई समेत पनि समस्या पर्दै गएको छ । गत वर्षको सेप्टेम्बरकै जस्तो अवस्थामा पुगेपछि भारतका विभिन्न राज्यमा लकडाउनदेखि कर्फयू लगाउनेसम्मका कामहरु भएका छन् । तर कोरोनाको विभिन्न नयाँ भेरिएन्टका कारणले नियन्त्रणमा मुस्किल भएको छ । त्यसैगरी आम नागरिकको लापरबाही कडा चुनौती बनेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या १ करोड २४ लाख ८४ हजार १२७ पुगेको छ भने सक्रिय संक्रमित ६ लाख ८७ हजार ४३३ पुगिसकेको बताईएको  छ ।

त्यस्तै भारतमा अहिलेसम्म १ लाख ६४ हजार ६५५ को ज्यान गइसकेको छ । हिजो (शनिबार) ६० हजार ५९ जना संक्रमणमुक्त भएका छन् । १ करोड १६ लाख २७ हजार १२२ जना संक्रमणमुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । शनिबार एकैदिन ४९ हजार ४४७ जना संक्रमित थपिएका छन् । २७७ जनाको ज्यान गएको छ । शुक्रबार एकै दिन महाराष्ट्रमा ४७ हजार ९१३ जना संक्रमित थपिएका थिए । एकैदिन ४८१ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै नेपालसँग सीमा जोडिएको बिहारमा हिजो (शनिबार) ८३६ जना संक्रमित थपिएका छन् ।


प्रतिक्रिया दिनुहोस