आज :

ताजा समाचार

आजबाट देशैभरिका विद्यालय सञ्चालन हुने

  पुरुषोत्तम ढकाल    २२ चैत्र २०७७, आईतवार ०७:४२      458 Views

काठमाडौँ: आजदेखि देशैभरिका विद्यालय पूर्ववत्रुपमा सञ्चालन हुने भएका छन्। वातावरण प्रदूषण कम हुँदै गएकाले आजदेखि विद्यालयहरु सञ्चालनमा आउन लागेका हुन्।

वायु प्रदूषण बढेपछि सरकारले यही चैत १७ गतेदेखि देशैभरिका विद्यालय चार दिनसम्म बन्द गर्ने निर्णय गरेको थियो। वायु प्रदूषणले विद्यार्थीमा स्वास्थ्य समस्या आउन सक्ने भन्दै शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्न निर्देशन दिएको थियो।

सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेपनि उपत्यका बाहिरका कतिपय जिल्लामा भने विद्यालय बन्द नभइ नियमित सञ्चालन भएका थिए।


प्रतिक्रिया दिनुहोस