आज :

ताजा समाचार



भक्तपुर माओवादी केन्द्रको बिस्तारित बैठक सम्पन्न

  राम प्रसाद ढकाल    १० चैत्र २०७७, मंगलवार २१:५५      92 Views

भक्तपुर: साबिक नेकपाको पाटिलाई सर्बोच्च अदालतले छुट्टा छुट्टै र अलग रुपमा केन्द्रलाई व्यूँताएपछि भक्तपुरमा माओवादीको संगठन पुनर्गठनमा सक्रिय बनेको छ ।

सोही अनुरुप आज भक्तपुरमा माओवादी केन्द्र व्यूँतिएपछि पहिलो जिल्ला कमिटी विस्तारिक बैठक सम्पन्न भएको छ ।

भक्तपुर जिल्ला अध्यक्ष डि पी ढकालको अध्यक्षतामा सम्पन्न बैठकमा वडा अध्यक्ष र सचिव सहित १६० जना जिल्ला कमिटी सदस्यहरुको सहभागीता रहेको थियो ।

बैठकले दुई महिने संगठनात्मक अभियान संचालन गर्ने निर्णय गरेको छ भने ४१ सदस्यीय ४ वटा नगर कमिटी गठन गरेको छ ।

बैठकमा प्रमुख अतिथि बनेका माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश अध्यक्ष नारायण दाहालले संगठनमा निर्माणमा क्रियाशिल हुन समेत कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

आजको बैठकमा केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चाज दिलिप प्रजापतीको पनि उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा