आज :

ताजा समाचार



पनौती नगरपालिकाद्वारा नगरका १२ वटै वडामा पाडी वितरण कार्य सम्पन्न

  पुरुषोत्तम ढकाल    १० चैत्र २०७७, मंगलवार ०८:१३      159 Views

काभ्रे: पनौती नगरपालिकाले नगरका १२ वटा वडामा भैँसीका पाडी वितरण कार्य हिजो (सोमबार) सम्पन्न गरेको  छ । गएको पुष महिनाबाट सुरु भएको भैँसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत नगरपालिकाको आन्तरिक श्रोतबाट ३०६ वटा पाडी १२ वटा वडाका स्थानीय किसानलाई वितरण गरिएको हो ।

भैँसीको दुधमा फ्याट र पौष्टिक तत्व धेरै हुने भएता पनि भैँसीलाई मासुजन्य पदार्थको लागि धेरै प्रयोग हुदा भैँसी नै लोप हुने अवस्थालाई मध्येनजर गर्दै पनौती नगरमा भैँसी संरक्षण कार्यक्रम ल्याईएको पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

समापन कार्यक्रमको प्रमुख आतिथ्यता पनौती नगरपालिका प्रमुख भिम न्यौपानेले गर्नुभएको थियो भने उप-प्रमुख गीता बन्जारा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले, बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, कृषि तथा पशुपंक्षी शाखा मणिप्रसाद सापकोटा एवंम् प्राविधिक कर्मचारीहरु  लगायतको समेत उपस्थिति रहेका थियो ।

कृषि तथा पशुपन्छी शाखा प्रमुख सापकोटाले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने नगर कार्यापलिका परिवार,नगर स्तरीय कृषि तथा पशुपंक्षी समिति, प्राविधिक समिति, पत्रकार महासंघ काभ्रे शाखा ,सम्पूर्ण पत्रकार,नगरपालिका परिवार लगायत सम्पूर्ण सरोकारवाला तथा आम कृषक दाजुरभाई,दिदीबहिनीहरुलाइ नगर्पालिक्कको तर्फाबाट धन्यबाद ज्ञापन गर्नु भएको छ।

यस्तै कृषकलाई प्रोत्साहन स्वरुप भैँसी सुत्केरी भत्ता कार्यक्रम पनि दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा