आज :

ताजा समाचार



सिंगटी हाइड्रोपावरको आईपीओमा उच्च आकर्षण, करिब ९ लाख आवेदन

  पुरुषोत्तम ढकाल    ९ चैत्र २०७७, सोमबार ०८:२०      87 Views

काठमाडौँ: सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेको साधारण शेयर (आईपीओ) मा उच्च आकर्षण देखिएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आइतबार साँझ पाँच बजेसम्म ८ लाख ७९ हजार ७१० वटा आवेदनबाट १ करोड ३८ लाख ११ हजार ६४० कित्ता शेयर माग भएको छ ।

कम्पनीले कर्मचारी र म्युचुअल फण्डका इकाईलाई सुरक्षित गरी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरेकोमा आइतबारसम्ममा ५.२३ गुणा बढी माग परेको हो ।

आईपीओ निष्काशन छिटोमा १० गते (अझै २ दिनपछि) बन्द हुने भएकाले मंगलबारसम्म यस निष्काशनमा पनि १५ लाख बढी आवेदन पर्ने आंकलन गरिएको छ ।

कम्पनीले चैत्र ६ गते, शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा