आज :

ताजा समाचार



भारतमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै‚ एकै दिन थपिए ४७ हजार भन्दा धेरै संक्रमित

  पुरुषोत्तम ढकाल    ९ चैत्र २०७७, सोमबार ०८:०७      75 Views

काठमाडौँ: भारतमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ४७ हजार संक्रमित थपिएको तथ्यांक सार्वजनिक भएको छ। अघिल्लो दिन ४३ हजार र त्यसको अघिल्लो दिन ४१ हजार संक्रमित थपिएका थिए।

दैनिक रुपमा संक्रमित थपिएपछि भारतका विभिन्न सहरमा रात्रिकालीन लकडाउन गरिएको छ। यस्तै‚ पछिल्लो २४ घण्टामा भारतमा २१३ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या एक लाख ६० हजार पुगेको छ। भारतमा हालसम्म एक करोड १६ लाख ४५ हजार जनामा संक्रमण पुष्टि भएकोमा साढे तीन लाख सक्रिय संक्रमित छन्।

यसैबीच पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख १४ हजार संक्रमित थपिएका छन्। ब्रजिलमा ४७ हजार ७००, अमेरिकामा ३९ हजार ३००, फ्रान्समा ३० हजार ५०० र पोल्याण्डमा २१ हजार ८०० संक्रमित थपिएका छन्।

यस्तै विश्वभर पछिल्लो २४ घण्टामा पाँच हजार ७०० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सबैभन्दा धेरै ब्रजिलमा एक हजार २५९, मेक्सिकोमा ६०८, अमेरिकामा ४३९ र रसियामा ३७१ जनाको मृत्यु भएको छ। योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २७ लाख २७ हजार नाघेको छ। १२ करोड ३८ लाख जनामा संक्रमण पुष्टि हुँदा नौ करोड ९७ लाख जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा