आज :

ताजा समाचार



एमाले संसदीय दलको बैठक आज बस्दै, खनाल-नेपाल समूहले बहिष्कार गर्ने

  पुरुषोत्तम ढकाल    ५ चैत्र २०७७, बिहीबार ०८:१३      135 Views

काठमाडौँ: नेकपा एमालेको संसदीय दलके बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी डाकिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

एमालेको खनाल-नेपाल समूहले संस्थापन पक्षलाई चुनौती दिँदै राष्ट्रिय भेला गरेपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले बैठक  डाकेका हुन्।

सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा उपस्थित हुन मोबाइलमा म्यासेज गरिएको प्रमुख सचेतक भट्टराईले बताए ।

फागुन ११ को सर्वोच्च अदालतको फैसलापछि पुनर्स्थापित भएको प्रतिनिधिसभा बैठक शोक प्रस्ताव मात्रै पारित गरेर स्थगित भइरहँदा  कसरी प्रस्तुत हुने भन्नेबारे अध्यक्ष ओलीले सांसदहरूलाई आजको बैठकमा निर्देशन दिने भट्टराईले बताए ।

तर एमालेको आजको संसदीय दलको बैठकलाई खनाल-नेपाल पक्षले बहिष्कार गर्ने भएको छ । राष्ट्रिय भेलामा व्यस्त हुनुपर्ने भएको कारण देखाउँदै सो समूहले बैठक बहिष्कार गर्न लागेको हो ।

राष्ट्रिय कार्यकर्ता भेला आज साँझ ५ बजेसम्म चल्ने भएकाले अरू कार्यक्रममा जान नसकिने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार नेकपा एमाले २०७५ को जेठ २ को अवस्थामा फर्कनु पर्ने अडानमा खनाल-नेपाल समूह छ ।

ओलीले फागुन २८ मा गरेको केन्द्रीय कमिटी पुनर्गठन, नेताहरूको जिम्मेवारी हेरफेरलगायतका निर्णय सच्चिनु पर्ने बताउँदै आएको छ । तर, त्यसका लागि खनाल-नेपाल समूह बैठकमा सहभागी हुनुपर्ने ओली पक्षको अडान छ ।

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा