आज :

ताजा समाचार



बागमती प्रदेश स्तरीय कराँते प्रतियोगितामा काभ्रे कराते एकेडेमी विजयी

  पुरुषोत्तम ढकाल    २ चैत्र २०७७, सोमबार २१:२३      134 Views

काभ्रे: काभ्रे जिल्लामा आयोजित  बागमती प्रदेश स्तरीय कराँते प्रतियोगिता आज सम्पन्न भएको छ । काभ्रे कराँते एकेडेमीको आयोजना तथा नेपाल सितोरियो कराँते सङ्घ, काभ्रेको संयोजनमा यहि चैत्र १ र २ गते भएको प्रदेश स्तरीय कराँते प्रतियोगिताको उद्घाटन बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादेले गर्नुभएको थियो ।

आज नेपाल सितोरियो कराते डो संघका केन्द्रीय अध्यक्ष दावा गुरुङको प्रमुख आतिथ्यतामा  बागमती प्रदेश स्तरीय कराँते प्रतियोगिताको समापन गरिएको छ ।

ऐतिहासिक एवं सांस्कृतिक सहर बनेपा नगरपालिका लाई केन्द्र बनाई खेलकुद प्रेमी युवाहरूको सक्रियतामा गरिएको प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको नेपाल सितोरियो कराँते सङ्घ, काभ्रेका अध्यक्ष प्रताप वैद्यले जानकारी दिनुभयो ।

त्यस्तै बागमती प्रदेशका १३ जिल्लाका २ सय १० जना खेलाडीहरू सहभागी भएको आयोजक एकेडेमीका अध्यक्ष कुवेर मानन्धरको भनाई छ । प्रतियोगिता मुल समारोह समितिका मुख्य संयोजक गौतम मानन्धरले सञ्चालन गर्नुभएको औपचारिक कार्यक्रममा विजयी खेलाडी तथा टिमलाई मेडल, ट्रफि प्रदान गरियो भने काभ्रे एकेडेमीका पूर्व खेलाडी, कार्यक्रमका सहयोगीहरुलाई समेत सम्मान गरिएको छ ।

बागमती प्रदेश स्तरीय कराँते प्रतियोगितामा काभ्रे कराते एकेडेमीले विजयी:

बागमती प्रदेश स्तरीय कराँते प्रतियोगितामा काभ्रे कराते एकेडेमीले विजयी हासिल गरेको  छ । ७ स्वर्ण, १ रजत र ३ कास्यँ पदक जित्दै काभ्रे पहिलो भयो भने ४ स्वर्ण, ४ रजत, २ कास्यँका साथ काठमाण्डौँ दोश्रो भएको छ । त्यसैगरी १ स्वर्ण, २ रजत र ६ कास्यँ पदक जित्दै भक्तपुर जिल्ला तेश्रो हुन सफल भएको छ ।

त्यस्तै बागमती प्रदेश स्तरीय कराँते प्रतियोगितामा महिला ४० के.जी. तर्फ इशा वाइबा (काभ्रे) प्रथम, महिला ४५ के.जी. तर्फ इशा श्रेष्ठ (काभ्रे) प्रथम, महिला ५० के.जी तर्फ एलिसा तामाङ्ग (काठमाण्डौँ) प्रथम, महिला ५५ के.जी. तर्फ सुस्मीता वाइबा (काभ्रे) प्रथम, महिला ६१ के.जीे तर्फ रोजिता ढुङ्गेल (दोलखा) प्रथम, महिला ६१ के.जी. माथि विनिता श्रेष्ठ (काभ्रे) प्रथम हुन सफल भएका छन् ।

त्यसैगरी पुरुष ४५ के.जी तर्फ मनिष पुलामी मगर (काभ्रे) प्रथम, पुरुष ५० के.जी तर्फ साजन मोक्तान (काभ्रे) प्रथम, पुरुष ५५ के.जी तर्फ सुविन खत्री (काठमाण्डौँ) प्रथम, पुरुष ६० के.जी तर्फ एलोन श्रेष्ठ (काभ्रे) प्रथम, पुरुष ६७ के.जी तर्फ रोशन बलामी (काठमाण्डौँ) प्रथम, पुरुष ७५ के.जी तर्फ दिनेश नेपाली (नुवाकोट) प्रथम भए भने ७५ के.जी माथि पुरुष तर्फ आशिष थापा (काठमाण्डौँ) प्रथम हुन सफल भएका छन् ।

महिला एकल काता तर्फ शर्मिला श्रेष्ठ (काभ्रे) प्रथम भईन भने पुरुष एकल तर्फ सिरिस श्रेष्ठ (भक्तपुर) विजय बनेका छन् ।

त्यस्तै उक्त प्रतियोगितामा उत्कृष्ट महिला खेलाडी एलिसा तामाङ्ग (काठमाण्डौँ), उत्कृट पुरुष खेलाडी साजन लामा (काभ्रे), उदयमान खेलाडी इशा श्रेष्ठ (काभ्रे) सवोत्कृष्ट पिसमार्च मकवानपुर जिल्ला र अनुशासीत टिम धादिङ जिल्ला छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा