आज :

ताजा समाचार



भारतमा एकैदिन साढे २० लाख जनाले लगाए कोरोना भाइरसविरुद्ध खोप, संक्रमित संख्या बढ्दै

  पुरुषोत्तम ढकाल    १ चैत्र २०७७, आईतवार ०८:२९      103 Views

काठमाडौं: भारतले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई तीव्र बनाएको छ।

अस्ति शुक्रबार एकै दिनमा करिब साढे २० लाख जनाले खोप लगाएका छन्। दैनिक खोपमा यो अहिलेसम्मकै बढी संख्या हो।

हिजो शनिबार साँझसम्मको तथ्यांकअनुसार भारतमा अहिलेम्म २ करोड ९१ लाख जनाले कोरोनाको खोप लगाइसकेका छन्। यीमध्ये ५३ लाखले दोस्रो डोज पनि लगाइसकेका छन्।

भारतमा भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन र सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड प्रयोग भइरहेको छ। यीबाहेक अन्य ६ वटा भ्याक्सिनमा पनि काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

महामारी सुरु भएको एक वर्ष बितिसक्दा पनि भारतमा कोरोना संक्रमितको संख्या बढिरहेकै छ। अहिलेसम्म १ करोड १३ लाखभन्दा बढी संक्रमित भइसकेका छन्। तीमध्ये १ लाख ५८ हजारको ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस


  • 1

    काभ्रे जिल्लाको पनौती प्रहरी चौकीको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

  • 2

    भारतमा कोरोना संक्रमण दर तीव्र‚ एकै दिन १ लाख ७० हजार संक्रमित थपिए

  • 3

    सवारीसाधनमा जोरबिजोर पद्धति बसाल्न सर्वोच्चको आदेश

  • 4

    प्रहरी निरीक्षक बिष्णु हरी फुँयाल द्वारा भक्तपुरमा साइबर अपराध र सुरक्षा सम्बन्धी स्कुल प्रशिक्षण कार्यक्रम सम्पन्न

  • 5

    काभ्रे जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ७३ जनाले लगाए खोप

  • 6

    काभ्रे जिल्लाको नमोबुद्ध काँक्रेको जङ्गलमा हिजो देखि लागेको आगो नियन्त्रण

  • 7

    भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, दिल्लीमा कडा प्रतिबन्ध घोषणा

  • 8

    आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा